![gold today price in nepal](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
२५ साउन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य गिरावट आएको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो ।
त्यस्तै आज १ हजार रुपैयाँले घटेर सुनको मूल्य ८९ हजार कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार ९१ हजार ५ सय रहेको सुनको मूल्य आइतबार एकै पटक तोलामा १ हजार ५ सयले गिरावट आएको थियो ।
त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रहेको छ ।
यस्तै, चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस