समाचार

भूमि आयोग विघटनविरुद्ध सर्वोच्चको अल्पकालीन आदेश

Supreme Court

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन आदेश जारी गरेको छ ।

अधिवक्ता प्रवेश केसी र आयोगका अध्यक्ष देवी ज्ञवालीले दिएका रिटमा न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश जारी गरेको हो । भदौ १ गते दुवै पक्षलाई सर्वोच्चमा बोलाइएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका कामकारबाही सम्बन्धी अभिलेख भौतिक स्रोत साधनलगायतका व्यवस्थापन सम्बन्धी कुराहरु अन्यथा परिवर्तन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नुभनी अल्पकालीन आदेश जारी गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस