सेयर मार्केट

सामान्य अंकले बढ्यो सेयर बजार, १४ अर्ब बढीको कारोबार

share market nepal

२५ साउन, काठमाडौं । सोमबार सेयर बजारमा जलविद्युत र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । यस दिन समग्र नेप्से परिसूचक जम्मा १.५ अंकले बढेर ३१०९ अंकमा कायम भएको छ । दिनभर १४ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से जम्मा साढे १ अंकले बढे पनि जलविद्युत समूह ११९ र फाइनान्स समूह ९१ अंकले बढेको छ । त्यस्तै निर्जीवन बीमा ३९ र अन्य समूह ८ अंकले बढे। तीबाहेकका सबै समूह घटेका छन् । बैंकिङ १२, ब्यापार ४३, होटल तथा पर्यटन ३७, विकास बैंक ५३, उत्पादन ५५ र माइक्रोफाइनान्स समूह ५५ अंकले घटेका छन् । यस दिन कुल ७९ कम्पनीको मूल्य बढेको छ भने १ सय कम्पनीको घटेको छ ।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर, जीवन विकास लघुवित्त, ङादी ग्रुप, युनियन लाइफ इन्स्योरेन्स र हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।त्यस्तै, सारथी लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.३ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस