खेलकुद समाचार

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

saff championship maldives

२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिता आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले नेपाल र माल्दिभ्सले प्रतियोगिता आयोजनाका लागि गरेको प्रस्तावको समीक्षापछि अन्ततः सोमबार माल्दिभ्सलाई चयन गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोभिड–१९ को असर नेपालमा भन्दा माल्दिभ्समा कम रहेकाले पनि आयोजकका रुपमा माल्दिभ्स चयन भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस