
२५ साउन, दाङ । दाङमा खोलाले बगाउँदा आमा छोरोको मृत्यु भएको छ ।
सोमबार दिउँसो ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनको २ वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर लगेको थियो । उनीहरुको शव बगाएको स्थान देखि २ किलो मिटर तल भेटिएको दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस