बैँक / वित्त

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैँसेपाटीमा

Bhaisepati Branch

२५ साउन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ ।

एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिकाका वडा नं १८ का अध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् । यसै उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय , १३६ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस