मुख्य समाचार

हितेन्द्रलाई हटाएर कुलमानलाई ल्याउने उर्जामन्त्री भुसालकोप्रस्ताव मन्त्रिपरिषदद्धारा अस्विकृत

Kulman Ghising

२५ साउन, काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव अस्विकृत भएको छ । उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् ।

‘मन्त्रिपरिषद बैठकमा हितेन्द्रलाई हटाएर कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, मन्त्रिपरिषद स्रोतले भन्यो, ‘अर्को बैठकले निर्णय गर्ने छ ।’

सोमबारको मन्त्रिपरिषद बैठकले केही सचिवहरूको सरुवा गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस