समाचार

मोटरसाइकलको ठक्करबाट इन्सपेक्टर कपिल वाग्लेको मृत्यु

kapil wagle

२६ साउन, काठमाडौं । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

सोमबार राति मोटरसाईकलको ठक्करबाट घाइते भएका ४३ वर्षीय वाग्लेको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । सामेबार राति कार्यालय अगाडी बाटोमा हिँडिरहेका वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको दिएर घाइते बनाएको थियो ।

ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका–१ प्रगति टोलका दिपेन्द्र पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ घर भएका वाग्ले गत पुसदेखि बर्दघाटमा कार्यरत थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस