कर्पोरेट

खल्तीबाट टिभिएसको जुनसुकै सवारी साधनहरुको किस्ता शुल्क भुक्तानी गर्न सकिने

khalti aggrement

२६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले जगदम्बा मोटर्ससँग सहकार्य गरेको छ । नेपालकालागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्तीबाटै तिर्न सकिने सुविधा ल्याएको हो ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो । खल्ती डिजिटल वालेट र जगदम्बामोटर्स बीचको सम्झौतामा हस्ताक्षर भएपश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएस को मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् ।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जसमार्फत ग्राहकहरुले युनियन पेसँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

खल्ती बाट टिभिएस सवारीको किस्ता शुल्क भुक्तानी गर्न:

– खल्तीको होम स्क्रिन मा हरेको ‘ईएमआई’ आइकनमा ट्यापगर्ने
– जगदम्बाक्रेडिट एण्ड इन्भेस्टमेन्ट लेखिएको ब्यानरमा क्लिक गर्ने
– अब सम्पूर्ण विवरण दाखिलागरि प्रोसिड टु पे बटनमा दबाउने
– रु. ५००० भन्दामाथिको किस्तातिर्नु परेमाप्रयोगकर्ताले आफ्नो खल्तीकेवाइसीभने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस