
२६ साउन, मुम्बई । भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ । ३५ बर्षीय शशिको मृत्युको कारण ब्रेन ट्युमरका कारण मृत्यु भएको हो ।
लामो समयदेखि ब्रेन ट्युमरसँग लड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो । ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् । कोरोना संक्रमित ठिक भएपनि उनको अवस्था भने बिग्रिएको थियो ।
मिडियाका अनुसार उनको मृत्यु कोभिडको जटिल अवस्थाको कारणले भएको हो । शशिको मृत्यु भएपछि केरलका मुख्यमन्त्री निराई विजयनले शोक ब्यक्त गरेका छन् । फ्यानले भने सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।
कन्नुर जिल्ला निवासी उनले केही फिल्ममा अभिनय गरेकी छन् । आर्थिक संकटमा समेत रहेकी उनी केरलको लोकप्रिय टिभी कलाकार हुन् ।
प्रतिक्रिया दिनुहोस