सेयर मार्केट

सेयर बजारमा पुनः नयाँ रेकर्ड, बिकास बैंक र फाइनान्स कम्पनीमा आकर्षण

nepse increase

२६ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको रेकर्ड बनेको छ । यस दिन ५२ अंकले बढेर परिसूचक ३ हजार १६१ अंकमा पुगेको हो । यसअघि साउन २० गते ३ हजार १ सय २३ अंकको उच्च रेकर्ड बनेको थियो ।

यस दिन १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उच्च कारोबार रकमको रेकर्ड भने गत जेठ ३० गते १९ अर्ब ५५ करोडको बनेको छ । समूहगत रुपमा हेर्दा बैंकिङ ३९, विकास बैंक ४०६, फाइनान्स १९०, जीवन बीमा २११, उत्पादन ४४, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा समूह १४२ र अन्य समूह ८ अंकले बढेका छन् । ब्यापार समूह ६७ अंकले घट्यो भने होटल तथा पर्यटन ८ र जलविद्युत समूह २ अंकले घटेको छ ।

यस दिन १५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । ज्योति विकास, सिन्धु विकास, गुहेश्वरी मर्चेन्ट बैंक, कामना सेवा, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट, युनियन लाइफ, माउन्टेन इनर्जी, सांग्रीला डेभलपमेन्ट बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस