समाचार

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

helambu

२६ साउन, सिन्धुपाल्चोक । केही दिनदेखि अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । मेलम्ची जिरोकिलो सडक खण्डको सिपाघाट नजिकैको रातो पहिरामा बाटो मर्मत गरेपछि सो राजमार्ग सञ्चालनमा आएको हो ।

इन्द्रावती खोलाले बाटो कटान गरी सो सडक केही दिनदेखि अवरुद्ध भएको थियो । पहिराको कारणले सडकमाथिको बस्ती नै जोखिम भएको भन्दै स्थानीयवासीले पहिरा सफा गर्न रोकेका थिए ।

मंगलबार बिहान स्थानीयवासी र नगरपालिकाबीच छलफल गरी सडक खुलाउने सहमति भएको र बेलुकीबाट सडक सञ्चालनमा आएको  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए । यो सडक बन्द हुँदा साँखु हुँदै यात्रा गर्न स्थानीयवासी बाध्य थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस