अटो

टीभीएस ड्युराम्याक्स प्लस थ्रीव्हिलर सार्वजनिक

duramax launch

२६ साउन, काठमाडौं । नेपालको लागि टीभीएस थ्रीव्हिलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । यो तीन पाङ्ग्रे सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

टीभीएस ड्युराम्याक्स प्लसको इन्जिन ४ स्ट्रोक र लिक्वीड कुल्ड प्रविधिको रहेको जनाइएको छ । २२५ सीसीकाे यो सवारी साधन इलेक्ट्रिक तथा हातको मद्दत स्टार्ट गर्न सकिन्छ । ४७५० आरपिएममा ७.५ किवाको अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपिएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको कम्पनीले जनाएको छ । यसले ३० बढी किलोमिट माइलेज दिने कम्पनीको दाबी छ ।

प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार हर दृष्टिबाट अत्यन्त अनुकूल यो सवारी साधनका धनीहरूले आफ्नो लगानीको उचित फाइदा पाउने जगदम्बा मोटर्सका निर्देशक दीपककुमार अग्रवालले बताए । विक्रीपश्चात् नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरू पाइने कम्पनीले जनाएको छ ।सको बजार मूल्य ५ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस