२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
बुधबार प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै उनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।
उनको राजीनामा माग गर्दै प्रदेश सभामा ४१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आज प्रदेश सभाको विशेष अधिवेशन बस्ने कार्यक्रम तय भएको थियो ।
प्रतिक्रिया दिनुहोस