२७ साउन, पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरेको छ ।
मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरुको साथमा चितुवाको छाला फेला परेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस