मुख्य समाचार

थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

Corona Kathmandu

२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० ९०७ र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित थपिएसँग देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस