सेयर मार्केट

सामान्य अंकले बढ्यो सेयर बजार, हाइड्रोपावर र होटलमा आकर्षण

stock market

बुधबार सेयर बजारको परिसूचक नेप्से ०.९४ अंकले बढेको छ। यस दिन ०.९४ अंकले बढेको परिसूचकले उच्च अंकको नयाँ रेकर्ड भने कायम गरेको छ । परिसूचक ३ हजार १६२ अंकमा कायम भएको छ । यस दिन कुल १५ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

समूहगत रुपमा हेर्दा होटल तथा पर्यटन र जलविद्युत समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । होटल तथा पर्यटन समूह १०२ अंकले बढ्यो भने जलविद्युत समूह १४४ अंकले वृद्धि भएको छ । त्यस्तै निर्जीवन बीमा ४३, माइक्रोफाइनान्स ८ र जीवन बीमा समूह १० अंकले बढेको छ । बैंकिङ १४, ब्यापार ४९, विकास बैंक ४१, फाइनान्स १९, उत्पादन ३ र अन्य समूह १२ अंकले घटेको छ ।

समग्र परिसूचक सामान्य बढ्दा पनि ८ कम्पनीको मूल्य भने करिब १० प्रतिशतले बढेको छ । खासगरी जलविद्युत कम्पनीको मूल्य उच्च दरले बढेको छ । रिडी हाइड्रोपावर, रुरु जलविद्युत, आइसिएफसी फाइनान्स, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अरुण काबेली र नेपाल हाइड्रोको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

हालै सूचीकृत भएको जीवन विकासको मूल्य प्रतिकित्ता २ हजार २०५ रुपैयाँ पुगेको छ भने युनियन लाइफको ७०६ रुपैयाँ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस