२७ साउन, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन् ।
यस्तै काठमाडौं उपत्यकामा ११ हजार ५६ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ७८१३, भक्तपुरमा १३६० र ललितपुरमा १८८३ सक्रिय संक्रमित छन् । यस्तै देशभर १६ हजार ६ सय ५६ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ८१ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस