कर्पोरेट

नेपाली स्वादको मार्सी बियर बजारमा

Marsi Beer

२७ साउन, काठमाडौं । मार्सी वियर बजारमा आएको छ । हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चालमले बनेको मार्सी वियर, नाम मात्रले नेपाली होइन पौरखी हातहरूले मिहिनेत गरेर उत्पादन गरेको यस्तो नेपाली बियर हो, जुन स्वाद र अनुभवमा पनि नेपाली नै छ ।

टाइगर्स ब्रअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा आएको हो । ‘मार्सी चामल’को चौतर्फी चर्चा र ग्राहकको माग अनुसार बनेको बियर पनि अब – मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध छन् ।

टाइगर्स ब्रअरीका सञ्चालक दुर्गा प्रसाईंले नेपालमा नै केही गर्छु र नेपालीहरूकै लागि केही गर्छु भन्ने चाहना र हुटहुटीका कारण वियर बजारमा ल्याएको बताए । उनले भने, ‘नेपाली माटोको स्वाद लिएर बजारमा आएको मार्सी बियर अन्य बियरहरूभन्दा बिछट्टै फरक स्वादको छ । ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध मार्सी वियर जमघटहरूमा होओस् वा वियरको आनन्द लिनेहरूका लागि होओस्, सबै अवसरहरूका लागि उपयुक्त छ ।’

Marsi bottle

मार्सी बियरको विशेषता– मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको छ । साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन्, जसमा अन्न आफैको स्वाद आउँदैन । तर मार्सी बियरल ‘नेपाली माटोको स्वाद’ अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो वियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको छ ।

यसरी जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी वियरको स्वाद बजारमा उपलब्ध अन्य बियरहरूभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा सो स्वाद रहिरहने जानकारी बियरका विज्ञहरूले वैज्ञानिक रूपमा नै प्रमाणित गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस