कर्पोरेट

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

ime life

२७ साउन, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ ।

कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम  २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षा वरण हुने बीमालेख योजना ल्याएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस