समाचार

अवतरण गर्ने क्रममा सीता एयरको टायर पन्चर भएपछि…

sita air

२७ साउन, हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर भएको बताए । जहाजको पछाडिको टायर पन्चर भएपछि जहाज घिस्रेको थियो ।

जहाजमा सवार चालक दलका सदस्य सकुशल छन् । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर जहाज रहेको छ । जहाजको टायर पन्चर भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ ।

उक्त जहाजलाई पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस