समाचार

पोखराबाट ६ जना जुवाडे पक्राउ

police arrested 6 people for playing cards

२७ साउन, कास्की । प्रहरीले पोखराबाट ६ जना जुवाडे पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीस्थित चीनबहादुर गुरुङको घरमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार उनीहरूको साथबाट ७४ हजार २८० रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा ९ नागढुंगाका पुरन गुरुङ, पोखरा १० रामघाटका हरिकुमार गुरुङ छन् । यस्तै, पोखरा ११ फूलवारीका रामबहादुर गुरुङ र चीनबहादुर गुरुङ, पोखरा १४ चाउथेका फणीन्द्रराज पौडेल र पोखरा १० मिलन टोलका हिमबहादुर गुरुङ पनि पक्राउ परेको डिएसपी हमालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *