समाचार

कैलालीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

accident

२७ साउन, धनगढी । धनगढी-डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा बुधबार साँझ प्रदेश ३-०१-००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्का छन् ।

उनीहरूको उपचारका लागि पद्मा अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउद र निर्मला खड्का घाइते भएका छन् । बालकको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि धनगढीको मयामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *