समाचार

जुम्लामा भालुको आक्रमणमा परी २ जना घाइते

bear attack

२८ साउन, जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा आज बिहान भालुको आक्रमणमा परी दुई जना घाइते भएका छन् । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेपछि भालुले आक्रमण गरेको प्रत्यक्षदर्शी देबेन्द्र कार्कीले जानकारी दिए ।

भालुको आक्रमण बाट एक दम्पती परिवार घाइते भएका हुन् । खलंगा बजारमा व्यवसाय गर्दै आएका हेमराज रोकाया र उनकी धर्मपन्ती निर्मला रोकाया भालुको आक्रमण बाट घाइते भएको प्रत्यक्षदर्शी कार्किले बताए । घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

घाइते निर्मला रोकायको अनुहारमा चोटपटक लागेको छ भने हेमराजको टाउको र ढाडमा चोट लागेको कार्किले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस