समाचार

कैलालीमा जिप दुर्घटनामा एकको मृत्यु, ४ जना गम्भीर घाइते

road accident

२८ साउन, कैलाली । कैलालीको चुरे गाउँपालिका–३, पंगाल भासुमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

बुधबार (हिजो) साँझ करिब पौने ५ बजे प्रदेश ३ ०१ ००२३ च ९०५९ नम्बरको जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक डोटीका ३० वर्षीय रमेश खड्का, जिपमा सवार २८ वर्षीया निर्मला खड्का, सात वर्षीया एलिसा खड्का, चुरे गाउँपालिका–६ की २६ वर्षीया दुर्गा साउद र पाँच वर्षीय सुनील साउद गम्भीर घाइते भएका हुन् ।

घाइते सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेकोमा एलिसाको भने मृत्यु भएको इलाका प्रहरी कार्यालय फुल्टुडेले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *