२८ साउन, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ९५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस