सेयर मार्केट

सेयर बजारमा नयाँ रेकर्ड, कमाउनेमा विकास बैंकका लगानीकर्ता अगाडी

share market nepal

२८ साउन, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १६.३ अंकले बढेको छ ।

सो अंकको वृद्धिसँगै नेप्से ३ हजार १७८ अंकमा पुगेको छ । जुन अंक अहिलेसम्मकै उच्च हो । तीन दिनदेखि बजारमा उच्च अंकको नयाँ रेकर्ड बन्दै आएको छ । यसअघि मंगलबार ३१६२ र बुधबार ३१६३ को रेकर्ड बनेको थियो ।

यस दिन कारोबार रकम पनि बढेको छ । १७ अर्ब ५१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि हिजो १५ अर्ब ४५ करोडको कारोबार भएको थियो । परिसूचकले रेकर्ड तोडे पनि कारोबार रकमले भने जेठ ३० गतेको रेकर्ड तोड्न सकेको छैन ।

यस दिन विकास बैंकमा लगानीकर्ताको आकर्षण बढेको छ । सो समूह नै यस दिन सबैभन्दा धेरै ३४६ अंकले बढेको छ । त्यस्तै बैंकिङ ९, फाइनान्स ३२, लगानी १, जीवन बीमा ३१, उत्पादन ११६ अंकले बढेका छन् । होटल तथा पर्यटन ३९, जलविद्युत २३, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा १२, अन्य ९ र ब्यापार समूह ५९ अंकले घटेका छन् । यस दिन ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको हो । श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस