समाचार

थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

kathmandu traffic

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाको मृत्यु भएको छ भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।

हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *