मुख्य समाचार

अफगानिस्तानमा रहेका नेपालीको उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

deuba

३२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।

सोमबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको जानकारी दिए । उनले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताए ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘सुरक्षा र उद्वारकाे प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस