समाचार

झापामा कारको ठक्करबाट एकजनाको मृत्यु

accident

३२ साउन, झापा । झापाको बाह्रदशी गाउँपालिका–७ सिमल चोकनजिक कारको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

गए राति करिब साढे १० बजे प्रदेश १, ०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका स्कुटर चालक स्थानीय २८ वर्षीया प्रमिता कार्की र सोही ठाउँकी ३२ वर्षीया सरस्वती मगरलाई उपचारको लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको थियो ।

उपचारको क्रममा सरस्वतीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस