
३२ साउन, काठमाडौं । तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न र उनीहरुका कुनै पनि सामग्री नछुन निर्देशन दिएका छन् ।
तालिबान प्रवक्ता शाहीनले आफ्ना लडाकुहरुलाई पुनः सर्वसाधारणको जीवनमा दखल नदिन निर्देशन दिएका हुन् । सर्वसाधारणको सम्मानमा आँच आउने कुनै काम नगर्न उनले भनेका हुन् ।
काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
The Islamic Emirate has ordered its Mujahideen and once again instructs them that no one is allowed to enter anyone's house without permission. Life, property and honor of none shall be harmed but must be protected by the Mujahedeen.
— Suhail Shaheen. محمد سهیل شاهین (@suhailshaheen1) August 16, 2021
प्रतिक्रिया दिनुहोस