सेयर मार्केट

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला, कति दिने आवेदन ?

ipo

३२ साउन, काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आजबाट ४ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुला गरेको छ । नुवाकोट जिल्लाको तल्लो तादी खोलामा ४.९९३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै गरेको कम्पनीले स्थानीय प्रभावित नुवाकोट बासीहरुलाई कुल पुँजीको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिसेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा विक्री गर्न लागेको हो ।

स्थानीय प्रभावित लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा भदौ १४ गतेसम्म मात्र खुल्ला हुनेछ भने, ढिलोमा भदौ २९ गतेसम्म विक्री खुल्ला हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आवेदक विक्री प्रबन्धकसँगै ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस