विश्व/प्रवास

मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा

malaysia prime minister muhyiddin

३२ साउन, क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन् । सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ । संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन् । विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए ।

‘मन्त्रिपरिषद्ले राजालाई राजीनामा दिएको छ,’ यासिन राजालाई भेटेर दरबारबाट बाहिरिएपछि उनले लेखेका थिए । प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनको राजीनामा आएको हो। अब त्यहाँ कसले सरकार बनाउँछ भन्ने खुलिसकेको छैन । गत वर्ष मार्चमा उनी प्रधानमन्त्री बनेका थिए । २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए ।

तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई दबाब आइरहेको थियो । उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले राजीनामा दिन दबाब दिएको थियो। पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका थिए ।

उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस