मुख्य समाचार

अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न सभामुखको ध्यानाकर्षण

Agni Sapkota

३२ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुसल उद्धार गर्न र उनीहरुकोबारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिएका छन् ।

यसैबीच, आज बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्ने निर्णय गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस