
३२ साउन, काठमाडौं । विद्रोही समूह तालिबानले राजधानी काबुलसहित अफगानिस्तानमा नियन्त्रण बनाएसँगै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले आफ्ना दूतावास खाली गराएका छन् । तर, चीन र रुसले भने आफ्ना दूतावास बन्द नगर्ने सङ्केत दिएको छ ।
चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्र नै बस्न र पछिल्लो घटनाक्रमबारे जानकारी दिएको छ । उसले अफगानिस्तानका विभिन्न समूहलाई आफ्ना नागरिकको सुरक्षाका लागि आग्रह गरेको जनाएको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले पनि राज्यद्वारा सञ्चालित मिडियालाई अफगानिस्तान छाड्ने सरकारको कुनै योजना नरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस