सेयर मार्केट

५ अंकले बढ्यो नेप्से, यी ५ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

stock market

३२ साउन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.७ अंकले बढेको छ ।

सो अंकको वृद्धिसँगै नेप्से ३ हजार १६० अंकमा पुगेको छ । यस दिन कारोबार रकम भने निकै खुम्चिएको छ । हिजो सबैभन्दा धेरै २१ अर्ब ६२ करोडको कारोबार भएकोमा यस दिन १५ अर्ब ९० करोडको कारोबार भएको छ ।

बैंकिङ समूहका अलवा होटल तथा पर्यटन ३२, फाइनान्स २८, निर्जीवन बीमा ६७, जीवन बीमा १७२ अंकले घटेको छ । ब्यापार ६४, विकास बैंक ७४, जलविद्युत ४०, उत्पादन १५८, अन्य ३, माइक्रोफाइनान्स समूह ५६ अंकले बढेको छ ।

यस दिन ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नेसनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ । रुरु जलविद्युतको मूल्य साढे ९ प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस