समाचार

थप ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

covid19 Death body

३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, २ हजार ४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन् ।

योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस