विश्व/प्रवास

अफगानिस्तानको सैन्य विमानलाई उज्बेकिस्तानले खसालिदियो !

Ujbkistna

३२ साउन, काठमाडौं । उज्बेकिस्तानको हवाई सुरक्षा बलले अफगानिस्तानको सैन्य विमानलाई खसालिदिएको छ ।

अफगानिस्तानको सैन्य विमानले अवैध रूपमा उज्बेकिस्तानको सीमा पार गरेपछि त्यसलाई खसालिएको उजबेकिस्तानको रक्षा मन्त्रालयले जनाएको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार अफगानी जहाजलाई आइतबार साँझ उज्बेकिस्तानको दक्षिणतर्फ पर्ने सोखान्दरिया प्रान्तमा खसालिएको हो । त्यसमा भएको मानवीय क्षेतिका बारेमा भने केही खुलाइएको छैन ।

आइतरबार विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँको सरकार ढलेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस