
३२ साउन, काठमाडौं । अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूहलाई पहुँच नदिइने भएकाे छ । अमेरिकी प्रशासनका अधिकारीहरूले अमेरिकामा रहेको कुनै पनि अफगानी सम्पत्ति तालिबानलाई उपलब्ध नगराइने बताएकाे एएफपीले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर, यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ ।
संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन ।
प्रतिक्रिया दिनुहोस