१ भदौ, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी स्थायी घर भएका मिश्रलाई नियुक्त गरेकी हुन् ।
उनलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले आजै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरकी थिइन् ।
प्रतिक्रिया दिनुहोस