
१ भदौ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ०.२३ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से ३ हजार १६० अंकमा पुगेको छ । यस दिन १८ अर्ब २० करोडको कारोबार भएको छ ।
यस दिन विकास बैंक र फाइनान्समा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । विकास बैंक समूह २९२ र फाइनान्स १४१ अंकले बढेको छ । त्यस्तै जलविद्युत समूह ११६ अंकले बढ्यो भने उत्पादन समूह ८९ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह ५ अंकले बढेको छ ।
बैंकिङ २३, होटल तथा पर्यटन ३१, जीवन बीमा २५१, निर्जीवन बीमा १७७, अन्य २८ र ब्यापार समूह ५६ अंकले ओर्लिएका छन् । १६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रो, जोशी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत, आँखुखोला, गोर्खा फाइनान्स, सिइडिबी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, अरुण काबेली, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रोपावर र आरएसडिसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ ।
आइसिएफसी फाइनान्स र पाँचथर पावरको मूल्य ८ प्रतिशत बढीले बढेको छ ।