समाचार

तनहुँमा भदौ ७ सम्म निषेधाज्ञा

lockdown

१ भदौ, तनहुँ । तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश  जारी गरेका हुन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो । कोभिड संकट व्यवस्थापन समितिका संयोजक आचार्यले थपिएको निषेधाज्ञा पहिलाको भन्दा कडा हुने र उल्लंघन गर्नेलाई जरिवाना गरिने बताए ।

पसल खोल्ने समय अहिले घटाएर बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न र व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइने तर अन्य क्रियाकलापमा भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएकोे छ ।

जिल्लामा दिनदिनै कोरोना संक्रमित बढ्दै गएका र अहिले सक्रिय संक्रमितको संख्या ४७६ पुगेको छ । वैशाखदेखि यता चार हजार ६९७ जनामा संक्रमण पुष्टि भएकामा चार हजार १२२ निको भएका र ९९ को मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *