
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन हजार ३७४ जना संक्रमित थपिएका छन् ।
१७ हजार ६८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २७ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ९२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस