समाचार

काठमाडौं उपत्यकामा १,०३३ संक्रमित थपिए

kathmandu check point

१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का एक हजार ३३ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ७७४ पुगेको छ ।

हाल देशभर ३६ हजार ५७५ जना होम आइसोलेसनमा, तीन हजार २९६ जना संस्थागत आइसोलेसनमा, ७९० जना आईसीयू तथा १९१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *