समाचार

सर्वोच्च अदालतले खोल्यो न्यायिक संग्रहालय

Supreme court

१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरूको संरक्षण गर्नका लागि स्थापना भएको न्यायिक संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उद्घाटन गरेका छन्।

न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जिवन्त राख्ने सामग्रीहरु तत्कालिन फैसलाहरु, आदेश, तत्कालिन न्यायाधिशहरुले प्रयोग गरेका पोशाक लगायतका सामग्रीहरु लगायतका विभिन्न १५ प्रकृतिका ३५० वटा सामग्रीहरु संग्रहालयको प्रदर्शनी कक्षमा राखिएको सर्वोच्च अदालतका सह रजिष्ट्रार बाबुराम दाहालले बताए । संग्राहलय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र हुनसक्ने उनले विश्वास व्यक्त गरे ।

सङ्ग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस