बैँक / वित्त

ग्लोबल आइएमई बैंकका नवनियुक्त डीसीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

surendraraj

१ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् ।

गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गरेको थियो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जा तर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्दै आइरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस