समाचार

पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

patan krishna mandir

२ भदौ, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै  मङ्गलबारदेखि सो  व्यवस्था गरेको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिना मास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छाैँ ।”

मास्क नलगाएका व्यक्तिलाई  बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी दिए । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस