कर्णाली प्रदेश

वीरेन्द्रनगरका ६४ विद्यालयलाई ल्यापटप वितरण

laptop

२ भदौ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्र रहेका करिब ६४ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई प्रतिविद्यालय एक-एक वटाको दरले ६४ वटा ल्यापटप वितरण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा क्षेत्रमा नराम्रोसँग प्रभाव परेको छ । त्यसैले वैकल्पिक माध्यामबाट पठन–पाठनलाई निरन्तरता दिनका लागि ल्यापटप वितरण गरिएको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

ढकालले भनिन, ‘कोरोनाका कारण शिक्षा क्षेत्रमा ठुलो प्रभाव परेको छ । शिक्षा क्षेत्रलाई केही रुपमा माथि उकास्न सकिन्छ की भनेर हामी लागेका छौँ ।’  साथै यो कार्यक्रमले शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस