२ भदौ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्डमा पुगेको छ । यस दिन परिसूचक ३२ सयनजिक पुगेको छ । आज ३८. २८ अंकले बढेर परिसूचक ३१९८ मा कायम भएको हो ।
२१ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमको रेकर्ड भने यसअघि आइतबार सबैभन्दा धेरै २१ अर्ब ६२ करोड रुपैयाँको बनेको थियो । यस दिन बैंकिङ १६, होटल तथा पर्यटन ६, विकास बैंक ३३०, जलविद्युत ५१, फाइनान्स १४८, निर्जीवन बीमा ८३, उत्पादन २५५, अन्य ३, माइक्रोफाइनान्स १, जीवन बीमा १५१ र लगानी समूह १ अंकले बढे। ब्यापार समूह भने १५ अंकले घटेको छ ।
६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट, अरुणभ्याली, जीवन विकास लघुवित्त, अरुण काबेली, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो । गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य ९ प्रतिशतले बढेको छ ।
आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रोको मूल्य ३ प्रतिशतले घटेको छ ।