समाचार

राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

mahendra sherchan

३ भदौ, काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ ।

६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ । उपचारको क्रममा उनको नेपाल एपीएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो ।

राजधानी पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् । संविधानसभा सदस्य समेत रहेका शेरचन वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष थिए ।

शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *